Kathmandu Press

मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित नतुल्याऔं : प्रधानमन्त्री

राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको उनले बताए।
मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित नतुल्याऔं : प्रधानमन्त्री

काठमाडाैं, वैशाख २१ : प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री दाहालले सञ्चार माध्यमहरु मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनुपर्ने बताए।

Hardik ivf

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिने प्रधानमन्त्री दाहालले बताए।

‘प्रेस स्वतन्त्रताको रक्षा गरौं र उपभोगको सहज वातावरण पनि बनाऔं। सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौं,’ प्रधानमन्त्री दाहालले भने, ‘असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ।’

राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको उनले बताए।

‘कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो,’ प्रधानमन्त्री दाहालले भने।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग रहेकोले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने प्रधानमन्त्री दाहलाले बताए।

प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्