सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय निर्धारण भएको छ।
काठमाडौं, वैशाख २१ : स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय निर्धारण भएको छ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० रुपैयाँमा मा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ।
प्रकाशित मिति: ११:२८ बजे, शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












