Kathmandu Press

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु

केन्द्रीय महाधिवेशनमा महासंघका महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु

काठमाडौं, वैशाख २१ : नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ। दुई दिन चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरे।

राष्ट्रिय सभागृहमा शुक्रबार महासंघको महाधिवेशन भइरहेको छ। महाधिवेशन अघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी समेत निकालेका थिए।

Hardik ivf

महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवाले महासंघको इतिहासमा महिला अध्यक्षले नेतृत्व नपाएको अवस्थामा महाधिवेशनले आउँने चुनावमा महिला नेतृत्वलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिइन्।

‘महासंघले अहिलेसम्मको इतिहासमा महिला नेतृत्व पाएको छैन। अबको नेतृत्व सबैको सहमतिबाट महिला प्राप्त गरोस,’ अध्यक्ष तुम्खेवाले भनिन्।

शनिबारसम्म चल्ने महासंघको केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन्। केन्द्रीय महाधिवेशनमा महासंघका महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्