कान्तिलोकपथ बन्द
मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए।
ललितपुर, वैशाख २१ : कान्तिलोकपथ बन्द भएको छ। मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए।
‘काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा क्षति भएको छ,’ उनले भने, ‘भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन। अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ।’
मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो।
प्रकाशित मिति: १०:४६ बजे, शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












