प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुव्र्यवहार, चौतर्फी विरोध
‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बिर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्बिर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको चौधरीको भनाइ छ।-1714711912.jpg)
काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको छ। पत्रकार सम्बद्ध संघ संस्थाले चौधरीमाथि भएको घटनाको विरोध गरेका हुन्।
सूचना तथा सञ्चार प्रविधि दिवशको अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा तस्बिर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरेको पत्रकार चौधरीले बताएका थिए। तस्बिर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुर्व्यवहार,गरेको पत्रकार चौधरीले बताए।
‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बिर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्बिर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको चौधरीको भनाइ छ।
प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका चौधरीमाथि भएको दुव्र्यवहारप्रति प्रेस युनियन केन्द्रिय समितिले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ।
सरकारी सञ्चार माध्यमबाहेक निजी सञ्चार संस्थाका पत्रकारलाई तस्बिर लिन अवरोध गर्ने, पत्रकारलाई दुर्व्यवहार गर्ने र थुन्ने धम्की दिने कार्य निन्दनीय भएको युनियनले जनाएको छ। युनियनले उक्त घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ।
त्यस्तै टेक जोर्नोज फोरमले पनि घटनाको विरोध जनाएको छ। श्रमजीवि पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गर्दै दुव्र्यवहारको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका छन्।












