Kathmandu Press

स्वतन्त्र प्रेसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउँछ : राष्ट्रपति पौडेल

उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका हुन्।
स्वतन्त्र प्रेसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं, वैशाख २१ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताएका छन्।

उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका हुन्।

Hardik ivf

विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकाना दिँदै राष्ट्रपति पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्।

राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरेका छन्। निरंकुश शासनको अन्त्य गरी लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा प्रेसले धेरै ठूलो योगदान गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले प्रेसलाई सबल बनाउन आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

‘प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने मलाई लाग्दछ । नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी सन्देशमा भनिएको छ।  

बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले समाचारमाथि नागरिकको सहज पहुँच स्थापित हुने भन्दै पौडेलले पत्रकारिताले सञ्चार माध्यमबाट सबै वर्ग समुदायको आवाज मुखरित हुने विश्वास व्यक्त गरे।  
उनले समाजमा सही सूचना संप्रेषण नहुँदा अफवाहहरू फैलन सक्ने र त्यसले आम नागरिकहरूलाई दिग्भ्रमित गर्ने भन्दै सत्य परक र तथ्पूर्ण सूचना संपे्रषण गर्नुपर्नेमा जोड दिएका छन्।

बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको बताएका उनले स्वतन्त्र पत्रकारितामार्फत सत्य स्थापित गर्न पत्रकारहरुले मिहेनत गर्नुपर्ने धारणा राखेका छन्।

‘स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मिहिनेत गर्नुपर्दछ भन्ने पनि म ठान्दछु,’ उनले भनेका छन्।

प्रकाशित मिति: १०:३२ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्