Kathmandu Press

उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै

पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने बैठकले इलाम–२ को उपनिर्वाचनको समीक्षा गर्नेछ । 
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
Hardik ivf

काठमाडौं, वैशाख २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने बैठकले इलाम–२ को उपनिर्वाचनको समीक्षा गर्नेछ । 

वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । 

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ । 

प्रकाशित मिति: ०८:०५ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्