देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।काठमाडौँ, वैशाख २१ : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: ०७:३७ बजे, शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बालबालिका सम्बन्धी ऐन कार्यान्वयनको अवस्था बुझ्न स्थलगत भ्रमण गरिने’शुक्रबार, मंसिर १४, २०८१
पहिलो पटक काभा पुरुष भलिबल च्याम्पियनसिप हुँदै शुक्रबार, मंसिर १४, २०८१
सरकारी वकील समक्ष लामिछानेको बयान शुरु, पत्नी निकिता पनि सँगै शुक्रबार, मंसिर १४, २०८१
६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण शुक्रबार, मंसिर १४, २०८१