Kathmandu Press

प्रांगारिक खेती प्रवर्द्धनका लागि बेथानचोकमा अभियान

किसानलाई प्रांगारिक र व्यवसायिक बनाउन गाउँपालिकाले सीप, प्रविधी सिकाउन लागेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।
प्रांगारिक खेती प्रवर्द्धनका लागि बेथानचोकमा अभियान

काभ्रे, वैशाख २० : दुग्ध उत्पादन, तरकारी खेतीको लागि उर्वर मानिने बेथानचोकमा प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोक गाउँपालिकाले अभियान थालेको छ।

किसानलाई प्रांगारिक र व्यवसायिक बनाउन गाउँपालिकाले सीप, प्रविधी सिकाउन लागेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

उनका अनुसार मकवानपुरको सामुदायिक महिला विकास केन्द्रसँगको सहकार्यमा ६ वटै वडाबाट ५÷५ जना कृषकलाई प्रांगारिक तरकारी उत्पादन तथा व्यवसायिक क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरेको हो।

Hardik ivf

प्रांगारिक तरकारी खेती प्रवर्द्धनका साथै कृषकको आयआर्जन वृद्धिको लागि गाउँपालिकाले अभियान थालेको र रसायनिक मलको अभाव झेलिरहेको अवस्था रहेको भन्दै अध्यक्ष अधिकारीले प्रांगारिक मल, खेती प्रवर्द्धन भएपछि सो समस्या समाधान हुने विश्वास व्यक्त गरे।

WhatsApp-Image-2024-05-02-at-07.43.05(1)-1714661153.jpeg

यससँगै कृषि, पर्यटनमार्फत गाउँपालिकाको पहिचान बनाउन मद्दत मिल्ने उनको अपेक्षा छ। तालिम वैशाख २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ।

संस्थाले व्यवसायिक तरकारी उत्पादनका साथै बजारिकरण समेतको लागि काम गर्ने सामुदायिक महिला विकास केन्द्रका कार्यक्रम संयोजक कोपिला डंगोलले बताइन्। सामाजिक विकास मन्त्रालयको सहयोगमा संस्थाले नुवाकोट, ललितपुर र चितवनको माडीमा कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले जानकारी दिइन्।

प्रांगरिक कृषि खेती प्रवद्र्धन गरिरहनु भएका पात्लेखेतस्थित हसेरा फार्मका संचालक गोविन्द शर्माले कृषकहरुलाई तालिम दिनेछन्। ५ दिनसम्म सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षणमार्फत झोल मल, प्रांगारिक मल बनाउने, बीउ, माटो परिक्षणका साथै शत्रु तथा मित्र जीव व्यवस्थापन तथा माटो जाँच समेत गरिने छ।

तालिम उद्घाटन कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका संस्थापक अध्यक्षसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्यायले खानपानका कारण प्रत्येक घरमा मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता दीर्घरोगको समस्या देखिएको भन्दै प्रांगारिक खेती प्रणाली प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्।

रसायनिक मलले माटो विग्रिएको कारण पहिलो वर्ष केही उत्पादन घट्न सक्ने भन्दै माटोमा सुधार भएपछि प्रांगारिक खेतीले उत्पादन दोब्बर हुने र अर्गानिक उत्पादनले राम्रो बजार पाइरहेकोले ढुक्कले यस प्रकारको खेति गर्न आग्रह उनले गरिने। कृषिको लागि उर्वर भूमी भएको कारण बेथानचोकमा प्रांगारिक खेती अभियान सञ्चालन गर्न छनोट गरिएको उनले जानकारी दिइन्।

WhatsApp-Image-2024-05-02-at-07.43.04-1714661154.jpeg

कार्यक्रममा पूर्वसांसद शिवप्रसाद हुमागाईले कृषि नै यहाँका नागरिकको आम्दानीको प्रमुख श्रोत रहेको भन्दै कृषकहरुका उत्पादनलाई बजारिकरणको समस्या हुन सक्ने भन्दै स्थानीय सरकारले सहजीकरण गर्नुपर्नेमा ध्यानाकर्षण गराए।

पूर्वउद्योगराज्यमन्त्री समेत रहनुभएका प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले यहाँका कृषि उत्पादनलाई बजारिकरणको समस्या भए बनेपा नगरपालिकासँगको सहकार्यमा व्यवस्थापन गर्न आफूले जनप्रतिनिधीको हिसाबले सहजीकरण गर्ने बचन दिए।

यस्तै, बाग्मती प्रदेशका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले उर्वर भूमी बेथानचोकमा प्राङ्गारिक खेती तालिमले यहाँका कृषक लाभान्वित हुने विश्वास व्यक्त गर्दै निर्वाहमूखि कृषिलाई व्यावसायिकतामा लैजान सके कृषिमा नयाँ आयाम थपिने बताए।

कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका सल्लाहकार प्रल्हाद तिमल्सिनाले ग्राणिम भेगका महिला सशक्तिकरणको लागि संस्थाले काम गरिरहेको जानकारी दिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस बेथानचोकका सभापति प्रेमबहादुर तिमल्सिना, नेकपा एमालेका बेदप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कैलाश तिमल्सिनालगायतले प्रांगारिक तरकारी खेती अभियानले स्थानीय तहले फाइदा लिने बताए।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले कार्यक्रमको लागि बेथानचोक छनोट गरेकोमा आयोजक संस्थालाई आभार प्रकट गरिन्।

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्