प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
भेटमा एमाले अध्यक्ष ओलीले संसदको अधिवेशन छिट्टै बोलाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाएका छन् ।
काठमाडौं, वैशाख २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा दुई घण्टा लामो भेटवार्ता भएको छ।
सत्तारुढ दुई शिर्ष नेताविच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। भेटमा एमाले अध्यक्ष ओलीले संसदको अधिवेशन छिट्टै बोलाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाएका छन्।
भेटवार्तापछि संचारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले समसामयिक राजनीतिक विषय र बजेट अधिवेशन बोलाउने सन्दर्भमा कुराकानी भएको बताए।
ओलीले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला, यो सरकारको मामिला हो । संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीतिलगायत विषयमा छलफल भयो।’
प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












