Kathmandu Press

औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव वैशाख २६ देखि काठमाडौंमा

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही वैशाख २६ देखि ३० गते सम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा महोत्सवको आयोजना गरिएको जनाएको हो।
औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव वैशाख २६ देखि काठमाडौंमा

काठमाडाैं, वैशाख २० : नेपाल  १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव वैशाख २६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही वैशाख २६ देखि ३० गते सम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा महोत्सवको आयोजना गरिएको जनाएको हो।

'खोजौं नेपाली, रोजौं नेपाली' र 'नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महासंघका अध्यक्ष उमेशप्रसाद सिहले जानकारी दिए।

महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी , बीटुसी , बीटुजी  जस्ता अन्तरक्रिया, छलफल, र खाद्य महोत्सव आदि कार्यक्रम हुने उनले बताए।

भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागीता रहने महोत्सवमा २ सय ५० वटा स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए। 

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्