Kathmandu Press

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

महत एक सय ९४ मतसहित विजयी भएका नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए।
एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला, वैशाख २० : नेकपा एमाले जुम्ला अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन्।

महत एक सय ९४ मतसहित विजयी भएका नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए। कुल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे। 

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै थिए। उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी पदम बुढा एक सय ३८ मत प्राप्त गरेका छन्। 

सचिवमा मानबहादुर रोकाया एक सय ७९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिद्वन्द्वी आदिप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गरेका छन्। उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गरेका छन्। महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत प्राप्त गरी विजयी भए। सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको नेकपा एमाले जुम्लाले जनाएको छ। 

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्