Kathmandu Press

‘सरकारले आइटी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आवश्यक’

बिहीबार काठमाडौंमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्नुपर्नेमा जोड दिए।
‘सरकारले आइटी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आवश्यक’

काठमाडौं, वैशाख २० : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन्। 

बिहीबार काठमाडौंमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्नुपर्नेमा जोड दिए। उनले अनलाइनबाट कारोबार गरे त्यो पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने उल्लेख गर्दै यो ठूलो लगानीबिनै विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले थप प्राथमिकता दिनुपर्ने बताए। 

Hardik ivf

अध्यक्ष ढकालले भने, ‘आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ। यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ। हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ। सहज हिसावले काम गर्ने वातावरण बन्छ। डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छाैं, केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ।’

यस्तै उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ सरकारले लिएका प्रति खुशी व्यक्त गर्दै त्यो महत्वपूर्ण भएको समेत बताए। 
 

प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्