Kathmandu Press

सुनको मूल्य तोलामा २ हजारले वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ।
सुनको मूल्य तोलामा २ हजारले वृद्धि

काठमाडौं, वैशाख २० : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ।

यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ। बुधबार प्रतितोला रु १ हजार ६ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार ६ सय ४५ निर्धारण भएको छ।

प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्