Kathmandu Press

४ दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।
४ दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

कास्की, वैशाख २० : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।  

विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।

Hardik ivf

‘विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन। आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ। चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए,’ सूचना अधिकारी कर्णले भने।

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए। पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ।

चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका  थिए।

प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्