धादिङमा आगलागीबाट दम्पतीको मृत्यु
गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनीकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
धादिङ, वैशाख २० : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।
गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनीकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।
राति ११ः३० तिरमात्र प्रहरीले आगलागीका बारेमा खबर भएको थियो। हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा दम्पत्तीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:३७ बजे, बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार