Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ भने बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं, वैशाख २० : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ । 

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ भने बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

Hardik ivf

गत ६ वैशाखमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् । उनलाई सत्तारुढ दल र स्वतन्त्र सांसद तारा जोशीसमेत गरी ३० सांसदको समर्थन छ । 

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् । 
 

प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्