Kathmandu Press

अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द

वार्षिक कार्यतालिकामा रहेको विदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो । 
अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द
Hardik ivf

बुटवल, वैशाख २० : केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विदा दिएको छ । 

वार्षिक कार्यतालिकामा रहेको विदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो । 

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन विदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत् जनाएका छन् । 

प्रकाशित मिति: ०७:४८ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्