श्रमिकका समस्या समाधान गर्न श्रमाधान सेवा सुरू
श्रमाधान कार्यक्रम मन्त्रालयको बृहत र व्यवहारिक योजना भएको भन्दै यसले नेपाली नागरिकको श्रम र रोजगारको बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा समाधान गर्ने मन्त्री अर्यालले बताए।-1714559089.jpg)
काठमाडौं, वैशाख १९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रममन्त्री डीपी अर्यालले श्रमिकहरुको समस्या समाधानका लागि श्रमाधान कार्यक्रम सार्वजनिक गरे।
श्रमाधान कार्यक्रम मन्त्रालयको बृहत र व्यवहारिक योजना भएको भन्दै यसले नेपाली नागरिकको श्रम र रोजगारको बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा समाधान गर्ने मन्त्री अर्यालले बताए।
कार्यक्रम अन्र्तगत इन्द्रेणीका सात रङअनुसार विभिन्न योजना रहेको बताउँदै मन्त्री अर्यालले सीपको प्रयोग, रोजगार बैंक, श्रमिक कानून, कल सेन्टर लगायत रहेको जनाए।
उाले यसअघि मन्त्रालयले श्रमिक कल सेन्टर सञ्चालनमा ल्याएपछि त्यसले मात्रै सबै समस्या समाधान गर्न नसकेका कारण त्यसलाई बृहत रुप दिँदै नयाँ श्रमाधान योजना तयार गरिएको जिकिर गरे।
मन्त्री अर्यालले मन्त्रालयलाई विदेश मान्छे पठाउने मन्त्रालयको भाष्यलाई परिवर्तन गर्दै देशमा नै रोजगारी सिर्जना गर्न आन्तरिक रोजगार महाशाखा नै स्थापनाको अन्तिम चरणमा रहेको जानकारी दिए।
आन्तरिक रोजगार सिर्जना गर्ने र देशभित्रै स्वरोजगार बनाउनेमा सरकारको ध्यान केन्द्रीत रहेको उनले बताए। मन्त्री अर्यालले सरकारले ल्याएको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका साथै सफल बनाउन आह्वान समेत गरे।












