डढेलो निभाउने क्रममा मृत्यु भएकाको परिवारलाई गोदावरी नगरपालिकाले ५ लाख दिने
नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५–५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
काठमाडौं, वैशाख १९ : डढेलो निभाउने क्रममा मृत्यु भएकाको परिवारलाई गोदावरी नगरपालिकाले प्रतिपरिवार ५ लाख रुपैयाँ दिने भएको छ।
गोदावरी वनमा लागेको आगो निभाउने क्रममा गोदावरी–४ का शंकर पहरी र रमेश पहरीको निधन भएको छ।
डढेलो निभाउने क्रममा घाइते भएका शंकरका मंगलबार र रमेशले बुधबार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५–५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
प्रकाशित मिति: १५:०१ बजे, बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार