Kathmandu Press

हाम्रै मतदाताले एमालेलाई भोट दिँदा इलाममा नराम्रो पराजय व्यहोर्नुपर्यो : झलनाथ

‘आफ्नो शक्ति हुँदाहुँदै पनि अन्ततः साथीहरूले वामपन्थी एकताका नाममा तलैबाट एमाले उम्मेदवारलाई मतदान गरे, यसले गर्दा हाम्रो स्थिति कमजोर भई धरौटी जमानन हुनपुग्यो,’ उनले भने।
हाम्रै मतदाताले एमालेलाई भोट दिँदा इलाममा नराम्रो पराजय व्यहोर्नुपर्यो : झलनाथ

काठमाडौं, वैशाख १९ : नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले इलाम–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नै पार्टीका मतदाताले एमाले उम्मेदवारलाई भोट हाल्दा पराजय भोग्नुपरेको बताएका छन्।

नेता खनालले इलाममा पार्टीको शक्ति क्रान्तिकारी ढङ्गले परिचालित गर्न नसक्दा मतदाताले एमालेलाई मत दिएको पनि बताए। चुनावमा हारको बिषयमा संचारमाध्मलाई प्रतिक्रिया दिनेक्रममा खनालले उक्त टिप्पणी गरेका हुन्।

Hardik ivf

‘आफ्नो शक्ति हुँदाहुँदै पनि अन्ततः साथीहरूले वामपन्थी एकताका नाममा तलैबाट एमाले उम्मेदवारलाई मतदान गरे, यसले गर्दा हाम्रो स्थिति कमजोर भई धरौटी जमानन हुनपुग्यो,’ उनले भने।   

पूर्वप्रधानमन्त्री समेत रहेका खनाल गृह जिल्ला रहेको इलाममा आफैं चुनावी कमान्डरका रूपमा खटिएका थिए।

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्