Kathmandu Press

प्रचण्डप्रति बाबुरामको टिप्पणी– चुनावअघि भिजेको बिरालोजस्तो थिए, अहिले बाघजस्तो गर्जन थाले

‘माओवादी युग र विचारको समय सकियो नयाँ ढङ्गबाट समाजवादी सहितको धु्र्विकरण छ हामी त्यसमा आउँछौं भनेको हो । त्यहाँ पार्टी एकिकरण गर्ने कहिँ भनेको थिएन।’
प्रचण्डप्रति बाबुरामको टिप्पणी– चुनावअघि भिजेको बिरालोजस्तो थिए, अहिले बाघजस्तो गर्जन थाले

काठमाडौं, वैशाख १९ : नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता स्वार्थको लागि जे पनि गर्न तयार भएको बताएका छन्। यस्तो व्यवहारकै कारण उनलाई आफूले भरोसा गर्न नसकेको बताए।

बुधबार काठमडौंमा आयोजित १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनावअघि भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बता ।
‘चुनावपछि खोलो त¥यो लौरो बिर्सियो भने जस्तो भयो। प्रचण्डजी चुनावअघि पानीमा भिजेको बिरालोजस्तो भएको मान्छे अहिले बाघजस्तो भएर गर्जन थाल्नुभयो,’ भट्टराईले भने।

Hardik ivf

भट्टराईले माओवादीसँग नयाँ ढंगबाट पार्टी एकता गरेर जाने सन्दर्भमा कुनै कुरा नै नभएको दाबी गरेका छन्। उनले भने, ‘माओवादी युग र विचारको समय सकियो नयाँ ढङ्गबाट समाजवादी सहितको धु्र्विकरण छ हामी त्यसमा आउँछौं भनेको हो । त्यहाँ पार्टी एकिकरण गर्ने कहिँ भनेको थिएन।’

उनले देशका पुराना पार्टीहरु भ्रष्टाचारमा डुवेको भन्दै सबै पुराना दल मक्किसकेको र भ्रष्टाचारमा लिप्त भएको र जतिगरे पनि नसच्चिने आरोप लगाए।

‘पुराना शक्तिहरुलाई जतिसुकै हामीले दया मायाँ गरेपनि यी सचिच्नेवाला छैनन्, त्यो भ्रममा नपरौं । अब झन् हुँदैन्, यी शक्तिहरुका हड्डीसम्म मक्किसकेको छ,’ उनले भने, ‘यी भ्रष्टाचारका काण्डहरु हिम नदीको एउटा टुप्पो मात्र हो। आलोपालो सत्तामा जान्छन् । जब जनताले भ्रष्टाचारको आवाज उठाउँछन् । अनि रोक्छु भनेजस्तो गरेर अरु प्रति औंला देखाउँछन्।’

पुराना दलले विकास गर्नै नसक्ने टिप्पणी गरेका उनले देशको विकासको लागि नयाँ राजनीतिक दलको अवश्यकता रहेको चर्चा गरे।

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्