Kathmandu Press

‘समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक छ’

उनले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका लागि एकजुट हुनुपर्ने बताए।
‘समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक छ’

काठमाडौं, वैशाख १९ : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजिक एकता र देश विकासका लािग एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका लागि एकजुट हुनुपर्ने बताए।  

Hardik ivf

‘हामी विभिन्न राजनीतिक दलमा विभाजित भएका छौं। तर हामीले विभाजित भएर समाजलाई हिनाउने होईन्, सबै राजनीतिक दलका नेता र कार्यकर्ताले यो कुरा बुझ्न आवश्यक छ,’ उनले भने, ‘आजको दिनमा समाजको प्रगतिको लागि हामी एक ठाउँमा जुट्नै पर्छ, एकै ठाउँमा बस्नै पर्छ र यसमा गम्भीरतापूर्व विचार गर्नुपर्छ।’

समाजको प्रगतिमा नै सबैको प्रगती हुने बताएका उनले सामाजिक एकता,सद्भाव र सहकार्य गर्नुपर्नेमा जोड दिए।

एक आपसमा दलहरु झगडा र विरोध गरेर समाज विकास नहुने तर्क गरेका उनले सिंगो नेपाल र नेपाली जनताको बारेमा सोचेर राजनीतिक दलले एक ठाउँमा उभिएर काम गरे मात्र राष्ट्र बलियो हुने धारणा राखे।

 

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्