सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक-७ का वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो।
भक्तपुर, वैशाख १९ : भक्तपुरको सूर्यविनायकस्थित जंगलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक-७ का वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो।
चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौं र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताए।
आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले संकलन सुरु गरेको प्रजिअ श्रेष्ठले बताए।
प्रकाशित मिति: १३:०७ बजे, बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार