Kathmandu Press

च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल र बायर्नले खेले बराबरी

रियलका लागि भिनिसियस जुनियरले दुई गोल गरे भने बायर्नका लिरोए साने र ह्यारी केनले गोल गरे।
च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल र बायर्नले खेले बराबरी

काठमाडाैं, वैशाख १९ : च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लिगमा रियल मड्रिड र बायर्न म्युनिखले बराबरी खेलेका छन्। मंगलबार राति बायर्नको मदान एलिनाथ एरिनामा भएको खेलमा रियल र बायर्नले २–२ को बराबरी खेलेका हुन्।

रियलका लागि भिनिसियस जुनियरले दुई गोल गरे भने बायर्नका लिरोए साने र ह्यारी केनले गोल गरे।

Hardik ivf

घरेलु मैदानमा रियलविरुद्ध सुरुआतदेखि नै दबाब बनाए पनि अग्रता भने रियलले लियो। २४ औं मिनेटरमा टोनी क्रुसको उत्कृष्ट पासमा भिनिसियसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए।

तर, दोस्रो हाफमा ४ मिनेटरमा २ गोल गर्दै बायर्नले खेलमा अग्रता लियो। ५३औं मिनेटमा सानेले उत्कृष्ट गोल गर्दै बायर्नलाई खेलमा फर्काए।

५७औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए। लुकास भास्क्वेसले जमाल मुसियालालाई फाउल गरेपछि बायर्नले पेनाल्टी पाएको थियो।

खेलमा पछि परेपछि रियलले बायर्नमाथि दबाब बनायो। किङ मिन जेले रोड्रिगोलाई लडाएपछि प्राप्त पेनाल्टीमा भिनिसियसले ८३औं गोल गर्दै खेललाई बराबरीमा ल्याए।

अब सेमिफाइनलको दोस्रो लेग आगामी हप्ता रियलको मैदान बर्नाबेउमा हुनेछ।

प्रकाशित मिति: १०:३१ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्