Kathmandu Press

ललितपुरमा डढेलो निभाउँदा घाइते भएका थप एकको मृत्यु

गोदावरी नगरपालिका ४ कै ५० वर्षीय रमेश पहरीको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।
ललितपुरमा डढेलो निभाउँदा घाइते भएका थप एकको मृत्यु

काठमाडौं, वैशाख १९ : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका ४ कै ५० वर्षीय रमेश पहरीको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

Hardik ivf

उनले कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो। मंगलबार सोही डढेलो निभाउँदा घाइते भएका शंकर पहरीको मृत्यु भएको थियो।

दुवै जना मंगलबार दिउँसो डढेलो निभाउने क्रममा घाइते भएका थिए।

प्रकाशित मिति: १०:१६ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्