जलहरी प्रकरणमा तीनै प्रतिवादीले पाए सफाइ
विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिवादीहरू डा. प्रदीप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो।
काठमाडाैं, वैशाख १८ : जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिवादीहरू डा. प्रदीप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष १४ असोजमा विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
पशुपतिको जलहरी निर्माण र प्रतिस्थापनमा अनियमितता भएको दाबीसहित तीनैजनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो।
जलहरीमा एक हजार चार सय ९१ ग्राम ७१८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको थियो।
प्रकाशित मिति: २०:४२ बजे, मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार