Kathmandu Press

भारतमा कोरोनाबाट २० को मृत्यु, ७४८ बिरामी

काठमाडौं, चैत १४ : कोरोना भाइरसको संक्रमण भारतमा पनि तीव्ररुपमा फैलन थालेको छ। शुक्रबार मध्याह्नसम्म सात सय ४८ जनामा संक्रमण भेटिएको छ भने २० जनाको मृ....

भारतमा कोरोनाबाट २० को मृत्यु, ७४८ बिरामी

काठमाडौं, चैत १४ : कोरोना भाइरसको संक्रमण भारतमा पनि तीव्ररुपमा फैलन थालेको छ। शुक्रबार मध्याह्नसम्म सात सय ४८ जनामा संक्रमण भेटिएको छ भने २० जनाको मृत्यु भएको छ।

शुक्रबार भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबारे जानकारी दिँदै २० जनाको मृत्यु भएको जनाएको छ। जसमा सात जनाको गत २४ घन्टामा मृत्यु भएको हो।

त्यस्तै, नयाँ संक्रमण पनि रोकिएको छैन। गत २४ घन्टामा ७१ जना नयाँ संक्रमित देखिएका छन्। जुन एक दिनमो देखिएको अहिलेसम्मकै बढी हो। यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या सात सय ४८ पुगेको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन भारतमा २१ दिने लकडाउन गरिएको छ। लकडाउनको आज तेस्रो दिननै समस्या देखिएको छ। दैनिक उपभोग्यवस्तु खरिद गर्न लामोलामो लाइन देखिएको छ।

भारतका केही राज्यले किसान, दैनिक ज्यालादारी गर्ने मजदुर र गरिब परिवारलाई तीन महिना सहुलियत दिने निर्णय गरेका छन्। काम ठप्प भएपछि भोकै बस्न नपरोस भनेर राज्य सरकारहरुले खाद्यान्न वितरण गर्न पनि थालेका छन्।

कोरोना भाइरसको असर भारतमा रहेका नेपालीमा पनि परेको छ। भारतमा करिब १५ लाख नेपाली रहेको अनुमान छ। त्यसमध्ये केही नेपाल फर्किएका छन्। तर, लकडाउनका कारण अधिकांस भारतमै रहेका छन्। अहिलेसम्म भारतमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन।

 

प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, चैत १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्