एमालेको विजय सभाबाट फर्केको गाडी दुर्घटना, ३ जनाको अवस्था गम्भीर
इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक २ च ४४७ नम्बरको पिकअप भ्यान दुर्घटनामा हुँदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ।
इलाम, वैशाख १८ : एमालेको विजय सभामा सहभागी भएर इलाम बजारबाट फर्किंदै गरेको गाडी दुर्घटनामा परेको छ।
इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक २ च ४४७ नम्बरको पिकअप भ्यान दुर्घटनामा हुँदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुलाई थप उपचारका लागि झाप गरिएको छ।
सामान्य घाइतेका स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:३० बजे, मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार