Kathmandu Press

डोल्पाका सबै सांसद मन्त्री बने, विकासले गति लिने जनअपेक्षा

प्रदेशसभा (क) बाट निर्वाचित शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र (ख) बाट निर्वाचित वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका छन्। डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित धनबहादुर बुढा केन्द्र सरकारमा सहरी विकासमन्त्री छन्।
डोल्पाका सबै सांसद मन्त्री बने, विकासले गति लिने जनअपेक्षा

डोल्पा, वैशाख १८ : हिमाली जिल्ला डोल्पाबाट संघ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन्।

संघ र प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर पाएका हुन्।

Hardik ivf

कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पाबाट दुई मन्त्री नियुक्त भएका छन्। मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त भएका हुन्।

डोल्पा जिल्ला प्रदेश (क) बाट निर्वाचित नेकपा एमालेका शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश (ख) बाट निर्वाचित माओवादी केन्द्रका सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका छन्।

शाही दोस्रो पटक मन्त्री भएका हुन्। उनी यसअघि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री थिए।

डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा केन्द्र सरकारमा सहरी विकासमन्त्री छन्।

एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्