Kathmandu Press

युट्युबबाट सामग्री हटाउन ‘सिधाकुरा’लाई सर्वोच्चको २४ घण्टे अल्टिमेटम

सर्वोच्चले यसअघि भएको आदेश कार्यान्वयनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई लेखी पठाउन समेत भनेको छ। स्टिङ अप्रेसनसम्बन्धी उल्लेखित सामग्रीको पुनः प्रकाशन, प्रसारण तथा सेयर नगर्नु नगराउनु भन्दै सार्वजनिक सूचना जारी गरिएको हो।
युट्युबबाट सामग्री हटाउन ‘सिधाकुरा’लाई सर्वोच्चको २४ घण्टे अल्टिमेटम

काठमाडौं, वैशाख १८ : सार्वेच्च अदालतले अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी सर्वोच्चको फैसलाका बिषयमा प्रकाशित, प्रसारित सामग्री पुनः प्रकाशन प्रसारण नगर्न सूचना जारी गरेको छ।

मंगलबार सर्वोच्चका रजिष्ट्रार विमल पौडेलले सूचना जारी गर्दै आमसञ्चारका माध्यमहरू मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई ध्यानाकर्षण गराएको हो।

Hardik ivf

सर्वोच्चले यसअघि भएको आदेश कार्यान्वयनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई लेखी पठाउन समेत भनेको छ। स्टिङ अप्रेसनसम्बन्धी उल्लेखित सामग्रीको पुनः प्रकाशन, प्रसारण तथा सेयर नगर्नु नगराउनु भन्दै सार्वजनिक सूचना जारी गरिएको हो।

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालगायतविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा भएको आदेश अनुसार उक्त सूचना जारी भएको हो।

‘प्रत्यर्थीहरूले सम्पादन तथा सञ्चालन गरेको सिधाकुरा नामक युट्युब च्यानलमा मिति २०८१।०१।१४ मा अपलोड गरी सम्प्रेषण गरिएको ‘चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन’ शीर्षकको सामग्री तथा त्यसपछि श्रृंखलाबद्ध रूपमा प्रसारण गरी अपलोड गरिएका सोही विषयसँग सम्बन्धित पछिल्लो (फ्लोअप) श्रव्य दृष्य सामग्री यो आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नु नगराउनु भनी प्रत्यर्थीहरूलाई लेखी पठाउनू,’ सर्वोच्चको सूचनामा भनिएको छ।

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्