सप्तरीमा भीषण आगलागी, गाउँनै सखाप
महादेवा गाउँपालिका–१ मा भएको आगलागीबाट गाउँ नै सखाप भएको छ। दिउँसो करिब २ बजेबाट लागेको आगोले चिम्टी टोलका २ सयभन्दा बढी घर जलेका छन्।
सप्तरी, वैशाख १८ : सप्तरीमा भीषण आगलागी भएको छ।
महादेवा गाउँपालिका–१ मा भएको आगलागीबाट गाउँ नै सखाप भएको छ। दिउँसो करिब २ बजेबाट लागेको आगोले चिम्टी टोलका २ सयभन्दा बढी घर जलेका छन्।
३ वटा बारुणयन्त्र, सुरक्षा नियका र स्थानीयले आगो निभाउने प्रयास गरेपनि आगो नियन्त्रणमा आउने नसकेको प्रहरीले जनाएको छ।
आगलागीबाट केही पशुचौपाया समेत मरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:११ बजे, मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार