मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त
मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.बिजुकुमार थपलिया नियुक्त भएका हुन्।
काठमाडौं, वैशाख १८ : मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरिएको छ। विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दुईवटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका हुन्।
मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.बिजुकुमार थपलिया नियुक्त भएका हुन्।
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा सरकारले सिफारिस समिति बनाएको थियो।
यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको थियो। सिफारिसमा परेका मध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गरिएको हो।
प्रकाशित मिति: १८:०० बजे, मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












