Kathmandu Press

दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब ८० करोडको कारोबार

बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ विन्दुमा पुगेको छ। साताको पहिलो र दोस्रो दिनका तुलनामा कारोबार रकम बढेको छ।
दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब ८० करोडको कारोबार

काठमाडौं, वैशाख १८ : सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ। 

बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ विन्दुमा पुगेको छ। साताको पहिलो र दोस्रो दिनका तुलनामा कारोबार रकम बढेको छ। १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किबेच भएको छ। कारोबार रकम ४ अर्ब ८० करोड रुपैयाँ भएको छ।

Hardik ivf

सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रहँदा  
७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच भएर रकम २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ थियो।  

साताका पहिलो र दोस्रो दिन अस्वाभाविक रुपमा बढेको फाइनान्स उपसूचक मंगलबार भने १.१८ प्रतिशतले घटेको छ। गत आइतबार ३.९८ प्रतिशतले बढेको  फाइनान्स उपसमूह सोमबार एक्लै ४.१७ प्रतिशतले बढेको थियो। 
आज १३ मध्ये फाइनान्सबाहेकका सबै उपसमूहको सेयरमूल्य बढ्दा परिसूचकसँगै कारोबार रकम बढेको हो। 

विकास बैंक उपसमूह सर्वाधिक ४.९० प्रतिशतले बढेको छ। होटल तथा पर्यटन २.५३, निर्जीवन बीमा २.३९, जलविद्युत १.६२ र लघुवित्त १.४१ प्रतिशतले बढेका छन्। २१५ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। २६ कम्पनीको  घटेको छ भने ४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा दुई दिन लगातार पहिलो बनेको पोखरा फाइनान्स मंगलबार सेयरमूल्य घटे पनि धेरै कारोबार हुनेमा दोस्रो नम्बरमा परेको छ।  पोखरा फाइनान्सको १७ करोडको सेयर किनबेच भएको छ। पहिलो नम्बरमा शाइन रेसुंगा विकास बैंक छ। उक्त बैंकको १८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै गोर्खाज फाइनान्सको १६ करोड २५ लाख, कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख र नेपाल फाइनान्सको सेयर १२ करोड ६० लाखको किचबेच भएको छ। 

सेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा कर्पोरेट विकास बैंक परेको छ। इन्फिनिटी लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, बोटलर्स तराई, शाइन रेसुंगा बैंकको पनि सेयरमूल्य बढेको छ। 

सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष ५ कम्पनीमा पोखरा फाइनान्स, गुराँस लघुवित्त, बोटलर्स बालाजु, गोर्खाज फाइनान्स र प्रोग्रेसिभ फाइनान्स छन्।   
 

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्