Kathmandu Press

विश्वकपका लागि भारतीय टिम : चहल, रिषव र सन्जुको पुनरागमन, गिल, रिंकु र आभेष रिजर्भमा

विकेटकिपर ब्याट्सम्यानद्वय रिषव पन्त र सन्जु सामसन र स्पिनर युजभेन्द्र चहलले भारतीय टिममा लामोपछि पुनरागमन गरेका छन्। यी तीनै खेलाडीले आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वकपको टिममा स्थान बनाएका छन्।
विश्वकपका लागि भारतीय टिम : चहल, रिषव र सन्जुको पुनरागमन, गिल, रिंकु र आभेष रिजर्भमा

काठमाडाैं, वैशाख १८ : आसन्न टि–२० विश्वकपका लागिका भारतीय टिमको घोषणा भएको छ। बिसिसिआईले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। टिममा हार्दिक पाण्ड्या उपकप्तान छन्।

विकेटकिपर ब्याट्सम्यानद्वय रिषव पन्त र सन्जु सामसन र स्पिनर युजभेन्द्र चहलले भारतीय टिममा लामोपछि पुनरागमन गरेका छन्। यी तीनै खेलाडीले आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वकपको टिममा स्थान बनाएका छन्।

Hardik ivf

यस्तै, आईपिएलकै प्रदर्शनका आधारमा शिवम दुवे र अक्षर पटेलले पनि टिममा स्थान बनाएका छन्। दुवै अलरान्डर हुन्। तर, दुवे भने विशुद्ध ब्याट्सम्यानको रुपमा टिममा सामेल भएका हुन्।

यता, ओपनर शुभमन गिल, विकेटपिकर ब्याट्सम्यान केएल राहुल र ब्याट्सम्यान रिंकु सिंह तथा फास्टबलर आभेष खान भने टिममा अटाउन सकेनन्। यिनहरु विश्वकपको टिममा पर्ने चर्चा थियो।

भारतीइ टिममा रोहित शर्मा र जसस्वी जैसवाल ओपनरका रुपमा छन् भने तेस्रो ओपनरका रुपमा विराटन कोहली प्रयोग हुन सक्छन्। यस्तै, मिडअर्डर ब्याट्सम्यानका रुपमा सूर्यकुमार यादव, रिषव पन्त, सन्जु सामसान र शिवम दुवे छन्।

टिममा अलराउन्डरका रुपमा हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र अक्षर पटेल रहेका छन् भने स्पिनर कुलदीप यादव र युजभेन्द्र चहल छन्। टिममा फास्टबलरका रुपमा जसप्रित बुमराह, अर्शदीप सिंह र मोहम्मद सिराज छन्।

बिसिसीआईले शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आभेश खानलाई रिजर्भ खेलाडीका रुपमा राखेको छ।

अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा भारत क्यानडा, पाकिस्तान, आयरल्यान्ड र अमेरिकासँगै समूह एमा छन्। भारतले जुन ५मा क्यानडासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्