Kathmandu Press

नेकपा एसद्वारा आर्थिक सहयोग जुटाउन क्युआर कोड सार्वजनिक

मंगलबार काठमाडौंमा बसेको समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठकले आर्थिक सहयोगार्थ क्यूआरकोर्ड सार्वजनिक गरेको हो।
नेकपा एसद्वारा आर्थिक सहयोग जुटाउन क्युआर कोड सार्वजनिक

काठमाडाैं, वैशाख १८ : नेकपा (एकीकृत समाजवादी) ले आगामी १०औं महाधिवेशनका लागि आर्थिक सहयोगार्थ क्युआर कोड सार्वजनिक गरेको छ।

मंगलबार काठमाडौंमा बसेको समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठकले आर्थिक सहयोगार्थ क्यूआरकोर्ड सार्वजनिक गरेको हो।

Hardik ivf

बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले क्यूआरकोर्ड उद्घाटन गर्दै २५ हजार जम्मा गर्नुभएको नेकपा एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

उनले आर्थिक सहयोग संकलनका लागि रसिद प्याड छाप्ने काम भइसकेको बताए। त्यस्तै उनले महाधिवेशनका लागि क्यालेन्डर नै बनाएर आवश्यक तयारी भइरहेको उल्लेख गरे। श्रेष्ठले असारको १ गतेभित्र सवै महाधिवेशन प्रतिनिधि चयन भइसक्ने जानकारी दिए।

बैठकमा अध्यक्ष नेपालले  पार्टीको १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताए। नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्मका लागि निर्धारण गरिएको छ। 

प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्