Kathmandu Press

‘चुनावलाई सरकार र सदनका लागि मात्रै हाेइन, समाजवाद निर्माणका लागि प्रयोग गर्नुपर्छ’

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले चुनाव सरकार सदनको कुरामात्रै नभएको भन्दै समाजवाद निर्माणका लागि यसलाई प्रयोग गर्ने जानकारी दिए।
‘चुनावलाई सरकार र सदनका लागि मात्रै हाेइन, समाजवाद निर्माणका लागि प्रयोग गर्नुपर्छ’

काठमाडाैं, वैशाख १८ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्ने अवसरका रुपमा लिने निष्कर्ष निकालेको छ।

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले चुनाव सरकार सदनको कुरामात्रै नभएको भन्दै समाजवाद निर्माणका लागि यसलाई प्रयोग गर्ने जानकारी दिए।

Hardik ivf

चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्न नहुने उहाले बताए। उनले २१औं शताब्दीको विशेषता, बिभिन्न प्रवृत्ति नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिने धारणा राखे।

देशलाई आफ्नै पौरख योजनाका साथ समाजवादतर्फ अघि बढाउन पार्टीलाई प्रदेश, निर्वाचन क्षेत्र, पालीका र वडासम्मको संरचनामा लैजाने निर्णय भएको उनले बताए। उनले सवै परिस्थीतिलाई नियालेपछि पार्टीलाई नयाँ संगठनात्मक रुपमा लैजान लागिएको जानकारी दिए। विप्लवले समृद्धि र विकासका लागि जनताको नेतृत्व गर्ने र जनताका आधारभूत आवश्यकतालाई लिएर संघर्ष गर्ने र राज्यसंग कुरा गर्ने निर्णय भएको जिकिर गरे। 

उनले अहिले पूर्वराजा ज्ञानेन्द्र शाह अहिले सामान्य नागरिक भएकाले नेपाली विशेषताको समाजवादीलाई समर्थन गर्न सुझाव दिए। त्यस्तै उहाले बृहत कम्युनिष्ट एकताका लागि पहल गर्ने निर्णय भएको जानकारी दिए। 

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्