ललितपुरको गोदावारीमा डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एकको मृत्यु
मृत्यु हुनेमा स्थानीय शंकर पहरी रहेकाे ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको हाे।
काठमाडौं, वैशाख १८ : गोदावरी नगरपालिका-४ तपेश्वर सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय शंकर पहरी रहेकाे ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको हाे।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा अर्का स्थानीय रमेश पहरी घाइते भएका थिए। गम्भीर घाइते रमेशकाे उपचार भइरहेकाे बताइएकाे छ।
डढेलो निभाउने क्रममा अरू१५ जना फसेका थिए। उनीहरूको भने सकुशल उद्धार गरिएको जनाइएकाे छ।
ललितपुरको गोदावरी-६ आनन्द वनमा पनि भीषण डढेलो लागेकाे छ। डढेलाे फैलिएपछि त्यहाँस्थित कुष्ठरोग अस्पतालका ९३ जना बिरामी अन्यत्र सारिएको छ।
प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार