Kathmandu Press

६ मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पायाे पूर्णता

मुख्यमन्त्रीमा नियुक्त भएकाे २२ दिनपछि कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र एमालेका तीनतीन जना मन्त्री नियुक्त गरेका हुन्।
६ मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पायाे पूर्णता

सुर्खेत, वैशाख १८ : कर्णाली प्रदेश सरकारले पूर्णता पाएकाे छ। मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार ६ मन्त्रीलाई नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएकाे २२ दिनपछि कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र एमालेका तीनतीन जना मन्त्री नियुक्त गरेका हुन्।

Hardik ivf

माओवादी केन्द्रका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत  नियुक्त भएका छन्। बिनाविभागीय मन्त्री रहँदै आएका माओवादी केन्द्रकै रणसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् ।

नवनियुक्त मन्त्रीमध्ये एमालेका विनोद शाहबाहेक सबैले पद तथा गाेपनीयताकाे शपथ लिइसकेका छन्। शाह शपथ ग्रहणमा उपस्थित थिएनन् ।

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्