सूर्यविनायकमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
स्कुटर चालक २३ वर्षीय सुजन तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
भक्तपुर, वैशाख १८ : सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नंको कार र सोही दिशातर्फ जाँदै गरेको बा७३प २८३६ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौँ माइतीघर बस्ने २३ वर्षीय सुजन तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय राज तामाङको भने मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको र कार चालक सुनसरी धरान उपमहानगरपालिका‐१३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई पक्राउ गरी प्रहरी वृत जगाती भक्तपुरको हिरासतमा राखिएको छ। घटनाको अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।












