Kathmandu Press

पर्वतको जलजलामा दम्पती हत्या प्रकरणमा लुटपाटको सुनसहित दुईजना पक्राउ 

सिआइबीले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण बिक र दीपक परियारलाई पक्राउ गरेको छ। बिकलाई म्याग्दी र परियारलाई पोखराबाट पक्राउ गरिएको हो।
पर्वतको जलजलामा दम्पती हत्या प्रकरणमा लुटपाटको सुनसहित दुईजना पक्राउ 

कुश्मा, बैशाख १८ : पर्वतको जलजलामा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ। 

सिआइबीले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण बिक र दीपक परियारलाई पक्राउ गरेको छ। बिकलाई म्याग्दी र परियारलाई पोखराबाट पक्राउ गरिएको हो।

Hardik ivf

जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा गत चैत १९ मा दम्पतीको हत्या भएको थियो। ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए। प्रहरीले विक र परियारलाई लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरेको हो। 

मृतक दम्पतीको घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा शव फेला भेटिएको थियो। लुटपाटका लागि हत्या भएको निष्कर्षमा सिआइबी पुगेको छ। आरोपितलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।  
 

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्