Kathmandu Press

ललितपुरमा डढेलो निभाउने क्रममा दुई जना घाइते, एककाे अवस्था गम्भीर

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।
ललितपुरमा डढेलो निभाउने क्रममा दुई जना घाइते, एककाे अवस्था गम्भीर

काठमाडौं, वैशाख १८ : ललितपुरको गोदावरी नगरपालिका-४ तपेश्वर सामुदायिक वनमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन्।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।

Hardik ivf

उपचारका लागि उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको प्रहरीकाे भनाइ छ। शंकरकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ।

ललितपुरको गोदावरी-६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पताल जाेखिममा परेकाे छ।त्यहाँबाट ९३ जना बिरामीलाई बिरामी अन्यत्र सारिएको अस्पतालले जनाएकाे छ।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्