श्रमसम्बन्धी कानुन सुधार र संशोधन गरी प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण
अन्तराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमिकहरुको हकअधिकार स्थापित गर्न आवश्यक ऐन कानुनहरुलाई समयसापेक्ष परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
काठमाडाैं, वैशाख १८ : संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमसम्बन्धी ऐन नियमहरु समय सापेक्ष सुधार र संशोधन गरी प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
अन्तराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमिकहरुको हकअधिकार स्थापित गर्न आवश्यक ऐन कानुनहरुलाई समयसापेक्ष परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
केन्द्रले औधोगिक सम्बन्धलाइ सुमधुर बनाउन र ट्रेड युनियन गतिविधलाई संस्थान गर्न अनिर्वाय रुपमा सवै प्रतिष्ठानहरुमा सामूहिक सौदावाजी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।
सार्वजनिक क्षेत्रमा कार्यरत करारका कामदार तथा श्रमिकहरुलाई सामाजिक सुरक्षामा आबद्ध गराउन आगामी बजेटमा आवश्यक रकम बजेट विनियोजित गरि तत्काल कार्यानवयनमा ल्याउनुपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जानकारी दिए।
उनले बुधबार सबै दलनिकट ट्रेड युनियनहरूले एकै स्थानमा श्रमिक दिवस मनाउने जानकारी दिए।
काठमाडौंको भृकुटीमण्डपमा हुने कार्यक्रममा प्रधानमन्त्री लगाएतका अन्य दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।