Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकका मुख्यमन्त्री सोडारीले वैशाख २१ शुक्रबार विश्वासको मत लिने सहमति भएको हो।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

धनगढी, वैशाख १८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका छन्।

मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकका मुख्यमन्त्री सोडारीले वैशाख २१ शुक्रबार विश्वासको मत लिने सहमति भएको हो। सेडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

Hardik ivf

गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति भएको बताइएको छ। नाउपले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने बताइएको छ।

नाउपबाट टीका थापा मन्त्री बन्ने र उनलाई आजै शपथ गराइने बताइएको छ। यसअघि नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री छन्।

एमालेले र माओवादीले सोडारीलाई समर्थन गरे पनि उनीहरु सरकारमा सहभगाी भएका छैनन्। सम्भवतः उनीहरु विश्वासको मत पाएपछि मात्र सरकारमा सहभागी हुनेछन्।

प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्