Kathmandu Press

अग्नीपीडितका लागि राहत र उद्धारका लागि जुट्न माओवादी केन्द्रको आह्वान

अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै अग्नीपीडितको राहत, उद्धार, उपचार र पुनर्स्थापनाका लागि जुट्न स्थानीय सरकार, पार्टीका नेता कार्यकर्ता र भ्रातृ संस्था तथा सर्वसाधारण नागरिकहरूलाई आह्वान गरेका छन्।
अग्नीपीडितका लागि राहत र उद्धारका लागि जुट्न माओवादी केन्द्रको आह्वान

काठमाडौं, वैशाख १८ : गर्मी र सुख्खापन बढेसँगै देशभर आगलागी र डढेलाका घटना बढेको भन्दै  नेकपा माओवादी केन्द्रले राहत र उद्धारका काममा जुट्न आह्वान गरेको छ।

उपाध्यक्ष एवम् पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै अग्नीपीडितको राहत, उद्धार, उपचार र पुनर्स्थापनाका लागि जुट्न स्थानीय सरकार, पार्टीका नेता कार्यकर्ता र भ्रातृ संस्था तथा सर्वसाधारण नागरिकहरूलाई आह्वान गरेका छन्।

Hardik ivf

‘गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवम् डढेलोका कारण जनधनको व्यापक क्षति भएको छ,’ सापकोटाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘हजारौं नागरिक पीडित हुन पुगेका छन् । त्यसैगरी, देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च बृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको छ । हाम्रो पार्टी एवं भातृ संगठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौं।’

प्रवक्ता सापकोटाले अहिलेको चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण समेत गराएका छन्।

‘विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गर्दछौं । यी र यस्ता विपद्का जोखिमहरु कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौं,’ उनले भनेका छन्।

प्रकाशित मिति: ११:१२ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्