Kathmandu Press

इलाममा एमालेको विजयी सभालाई ओलीले सम्बोधन गर्ने

दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए।
इलाममा एमालेको विजयी सभालाई ओलीले सम्बोधन गर्ने
Hardik ivf

इलाम, वैशाख १८ : इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ। शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ। दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए।

बुधबार बिहान सकिएको मतगणनामा नेम्बाङले २७७७२ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए।

प्रकाशित मिति: १०:१२ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्