डढेलोका रोकथाम र नियन्त्रणमा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह
मुख्यमन्त्री अधिकारीले आज एक अपिल जारी गर्दै आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रणमा सचेत भएर लाग्न आग्रह गरे।
कास्की, वैशाख १७ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग पैmलिरहेको डढेलो र त्यसले गराएको वातावरणीय प्रदूषणप्रति चिन्ता व्यक्त गरेका छन्।
मुख्यमन्त्री अधिकारीले आज एक अपिल जारी गर्दै आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रणमा सचेत भएर लाग्न आग्रह गरे।
डढेलोले पर्यावरण, जडीबुटी, वन पैदावार, चराचुरुङ्गी, वन्यजन्तु, पुनरुत्पादित साना बिरुवामा अपूरणीय क्षति हुनाका साथै जैविक तथा पर्यावरणीय क्षति बढाउँदै जनजीवनमा प्रत्यक्षरुपमा नकारात्मक असर पारेको मुख्यमन्त्री अधिकारीले अपिलमा उल्लेख गरेका छन्।
वनजङ्गलमा रहेका खानेपानीका पाइपलाइनमा नोक्सानी पु¥याउनाका साथै वन जङ्गलसँग जोडिएका बस्तीमा थप जनधनको क्षति हुनसक्ने सम्भावना बढाएको उल्लेख गर्दै उनले सुक्खा तथा हावाहुरी चल्ने यस मौसममा आगलागी र डढेलोको उच्च जोखिम रहेको सतर्कताका लागि प्रदेश सरकारको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
आप्mनो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको रक्षा गर्नु सबैको दायित्व र कर्तव्य भएकाले आगलागी, डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि सचेत हुनुपर्दछ,’ अपिलमा भनिएको छ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा हालसम्म चार सय ६७ स्थानको आठ हजार दुई सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको जनाइएको छ।












