Kathmandu Press

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिएको रिट खारेज गरेको हो।
गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं, वैशाख १७ : गण्डकी सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिएको रिट खारेज गरेको हो।

Hardik ivf

खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत गणना भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश माग गर्दै पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट खारेज भएसँगै मुख्यमन्त्री अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिने बाटो खुलेको छ। सर्वोच्चमा रिट परेपछि मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिन पाएका थिएनन्।

प्रकाशित मिति: २०:१० बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्