इलाममा सुहाङको अग्रता कायमै, पछ्याउँदै डम्बर
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्वाङले १६ हजार नौ सय ४४ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११ हजार दुई सय ७३ मत ल्याउँदै पछ्याइरहेका छन्।
इलाम, वैशाख १७ : प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पाँच हजार छ सय ७१ को अग्रता लिएका छन्।
फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिकाको १, २, ३, ४ र ५ को मत गणना सकिएको छ।
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्वाङले १६ हजार नौ सय ४४ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११ हजार दुई सय ७३ मत ल्याउँदै पछ्याइरहेका छन्।
यसतै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।
चुनावअघि चर्चाका रहेका यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले भने तीन उम्मेदवार भन्दा निकै पछि छन्। उनले अहिलेसम्म दुई हजार आठ सय तीन मत मात्र ल्याउन सकेका छन्।
छवटा पालिका रहेको सो क्षेत्रको अहिले देउमाई नगरपालिका ६, ७ र ८ को मतगणना भइरहेको छ। इलाम नगरपालिकाको गणना गर्न बाँकी छ ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो।












