Kathmandu Press

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो

निवेदकको तर्फबाट वहश गरेका अधिवक्ता कृर्तीनाथ शर्माले सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलविरुद्धको अवहेलना मुद्दामा बयानका लागि संयुक्त इजलासबाट विपक्षीलाई बयानमा डाकेको जानकारी दिए।
‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो

काठमाडौं, वैशाख १७ : सर्वोच्च अदालतले अवहेलना मुद्दा चलाइएका सिधाकुरा नामक अनलाइन टिमलाई बयानमा बोलाएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सोमबार बयानमा डाक्न आदेश दिएको हो।

Hardik ivf

निवेदकको तर्फबाट वहश गरेका अधिवक्ता कीर्तिनाथ शर्माले सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलविरुद्धको अवहेलना मुद्दामा बयानका लागि संयुक्त इजलासबाट विपक्षीलाई बयानमा डाकेको जानकारी दिए।

अदालतको अवहेलना गरेको भन्दै कारबाहीका लागि सर्वोच्च प्रशासनका तर्फबाट उपरजिष्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन तय गरी मुद्दा दर्ता भएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशलाई समेत जोडेर समाचार सामाग्री तयार गरिएको थियो। ‘सिधा कुरा’ नामक अनलाइन, युट्युब च्यानल, त्यसका प्रकाशक र सम्पादकमाथि अवहेलनामा हदैसम्मको कारवाही गर्न माग छ।

प्रतिवेदनमा प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगानासहित संलग्न सबैमाथि कारबाही चलाउन माग गरिएको छ  उक्त सामग्रीले न्यायपालिकाको छवि र स्वतन्त्रता गम्भीर आँच पुगेको अदालत प्रशासनको प्रतिवेदनमा उल्लेख छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको स्टिङ अपरेसनको कारबाही रोक्न फैसला हुनुुअघि ‘सेटिङ’ भएको अडिओ सिधाकुराले प्रसारण गरेको थियो।

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्